अटो इन्स्योरेन्स क्षेत्रमा अमेजनको प्रवेश एजेन्सीहरुको लागि गतिलो पाठ

2020-08-28
अटो इन्स्योरेन्स क्षेत्रमा अमेजनको प्रवेश एजेन्सीहरुको लागि गतिलो पाठ

काठमाण्डौ ।  बीमा क्षेत्रप्रतिको आफ्नो बढ्दो अभिरुचि अनुरुप गत महिना अमेरिकाको ई–कर्मस कम्पनी अमेजनले भारतीय बीमा बजारमा पाइला टेकेको थियो। कम्पनीले भारतका दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुको अटो इन्स्योरेन्स प्रडक्टहरु बिक्रि गर्न भारतको एको जनरल इन्स्योरेन्ससंग साझेदारी गरेको हो। यो कदमले प्राविधिक क्षेत्रको दिग्गज कम्पनीको बृहत टे«ण्डलाई दर्शाउछ। 


यद्यपी विज्ञहरुका अनुसार भारतको अटो बीमा क्षेत्रमा आफ्नो प्रभुत्व जमाउनबाट अमेजन अझै धेरै टाढा छ। “अमेरिकाभन्दा भारत, बेलायत र युरोपेलि बजारहरु भिन्न छन् र त्यहाका नियम कानुन पनि फरक छन्।” इन्स्योरेन्स टेक्नोलोजि कर्पाेरेशन(आईटीसी) का सिईओ लायर्ड रिक्सफेर्डले भने। 
यस बाहेक, भारतमा अमेजनले आफ्नो नेतृत्वको अन्डरराइटिङ टिमद्धारा समर्थित आफ्नै उत्पादनहरु लञ्च गरिरहेको छैन। कम्पनीले अरु कसैको प्रडक्टहरु मात्रै बिक्रि गरिरहेको छ। 


यद्यपी भारतीय बीमा बजारमा अमेजन प्रवेश गरको समाचारले स्वतन्त्र एजेन्सी र बाहकहरुलाई महत्वपूर्ण पाठ पढाएको छ। बीमा कम्पनीहरुले अमेजनद्वारा प्रदान गरेको जस्तै, घर्षणरहित खरीद अनुभव गर्न चाहने उपभोक्ताहरुको आवश्यकताहरु पुरा गर्न ध्यान दिन आवश्यक रहेको छ। यदि बीमा कम्पनीहरुले ग्राहकहरुलाई लामो दावी भुक्तानी प्रक्रिया र कागजात कार्यहरुमा जस्ता हुप्सहरुमा अल्झाएभने ग्राहकहरुले चाहे जस्तो घर्षणरहित सेवा उपलब्ध गराउन सक्दैनन। 


यसैलाई मध्यनजर गर्दे अमेजनल,े अमेजन पे लाई भुक्तानीको लागि प्रयोग गरिरहेको छ। कम्पनीले अन्य बिक्रिहरुलाई घर्षणरहित बनाउदै यसलाई बीमा खरीद गर्न प्रयोग गरिरहेको छ। 

अमेजनले प्रदान गर्ने अन्य प्रतिस्पर्धी लाभ भनेको कम्पनीको पहिचान हो, किनकि अमेजन प्राइम खाताको साथ प्रयोगकर्ताहरुले अन्य सुविधाहरुमा पहुँच प्राप्त गर्न सक्छन्। बदलामा कम्पनीले ग्राहकहरु माझ बफादारिता सिर्जना गरिरहेको छ। जहाँ अमेजन प्राइम अकाउण्टमा पहिल्यै खाता भएकाहरुले बीमा आवश्यकताका लागि छुट्टै कम्पनीमा जानुको साटो कम्पनीको बीमा जोडिन सक्छन्। 

अमेजनले आफ्नो परम्परागत रिटेल पसलहरुमा सेवा प्रदान गरे जस्तै बीमा क्षेत्रमा पनि ग्राहकहरुलाई एकै ठाउबाट मल्टीपल च्वाइसको अवसर प्रदान गर्न सक्ने सम्भावना रहेको छ। 

 


Share this with your friends: