आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2020-12-13
आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा पुस २४ गते शुक्रबारका दिन बुटबलमा गर्ने निर्णय गरेको हो। 

उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा ९ प्रतिशतले हुन आउने ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँबराबरको बोनस सेयर र ३।६३ प्रतिशतले हुन आउने २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

यस्तै कम्पनीको जारी पूँजी र चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँबाट वृद्धि गरेर ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा अन्य लघुवित्तसँग गाभ्ने/गाभिने वा प्राप्तिकोे सम्भावनाको अध्ययन गरी आवश्यकता बमोजिम प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तिषरी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुुत वार्षिक प्रतिवेदन २०७६/७७ माथि छलफल गरी पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरिनेछ। 

कम्पनीले पुस १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: