आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

2021-04-21
आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको लिलामीमा आवेदन दिने आज(वैशाख ८ गते) अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयरको लिलामी गत वैशाख २ गतेदेखि खुलाइएको थियो ।  

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहलमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।    


Share this with your friends: