इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-11-21
इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांस गरी कुल २९.१६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँको २७.७० प्रतिशतले हुन आउने ८ करोड ९९ लाख ९ हजार ८१२.७४ रुपैयाँबराबरको बोनस सेयर र १.४६ प्रतिशतले हुन आउने ४७ लाख ३२ हजार ०९५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 
 
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: