ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्सियल बैंक, अनुमतिका लागि सेबोनमा आवेदन

2020-11-04
ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्सियल बैंक, अनुमतिका लागि सेबोनमा आवेदन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र(सेबोन) बोर्डमा आवेदन दिएको छ। 

बैंकले ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक धितोपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा गत कात्तिक १४ गते आवेदन दिएको हो।

बैंकले १ हजार रुपैयाँ अंकित दरका ३५ लाख इकाइबराबरको ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ। 

कुल इकाइमध्ये बैंकले १४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी २१ लाख इकाइ प्राइभेट प्लेसमेन्टअन्तर्गत बिक्री गर्नेछ। 

आठ वर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जसअनुसार बैंकले इकाइधनीहरुलाई अर्धवार्षिक रुपमा यो ऋणपत्रको ब्याज भुक्तानी गर्नेछ। 

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 


Share this with your friends: