ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट र एनएमबी बैंकद्वारा बोर्डमा आवेदन

2021-08-12
ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट र एनएमबी बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सेबोनमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन् । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट बैंकले साउन २० गते र एनएमबी बैंकले साउन २४ गते आवेदन दिएका हुन् । 

एभरेष्ट बैंकले ‘८ वर्षे ८.५% एभरेष्ट बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो।

बैंकले  रु. १००० अंकित दरको रु. २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो । कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ।

यस्तै एनएमबी बैंक लिमिटेडले  ‘१५ वर्षे ४% एनएमबी इनर्जी बोन्ड ’ नामक ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ। 

बैंकले  रु. १००० अंकित दरको रु. ३ अर्ब ५० करोड रुपैयाँबराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो । कुल निष्कासनमध्ये २१ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


Share this with your friends: