एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

2021-03-01
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो। 

बैंकले संस्थापक सेयरको न्युनतम मूल्य ४९२ रुपैयाँ निर्धारण गरेको छ। इच्छुक लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। बालेपत्र आवेदन पेश गर्दा सेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट रुपमा लेख्नुपर्नेछ।

यो संस्थापक सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहल काठमाण्डौ, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय काठमाण्डौ, शाखा कार्यालयहरु–विराटनगर विरगञ्ज, महेन्द्रपुल पोखरा, बुटवल धनगढी र सुर्खेतमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। 

लगानीकर्ताले फागुन २३ गते कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नु पर्नेछ। 

 


Share this with your friends: