एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयरको लिलामी आजदेखि

2021-03-31
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको सेयर लिलामीमा राखेको छ। संस्थाको ५६ हजार २७० कित्ता संस्थापक सेयर आज(चैत १८ गतेदेखि) लिलामीमा राखेको हो। 

सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी र संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ। 

सेयरको न्यूनतम मूल्य प्रति कित्ता ७९१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आगामी वैशाख २१ गते बैंकिङ समयसम्म आवेदन दिनुपर्नेछ।   

 


Share this with your friends: