एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

2021-04-15
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको लिलामी आज(वैशाख २ गते)देखि खुला गरिएको छ। बैंकको स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहलमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। सेयर खरिदका लागि आगामी वैशाख ८ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 

 


Share this with your friends: