एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

2021-05-16
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर आज(जेठ २ गते)देखि लिलामीमा राखिएको हो। 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता १३६६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहल र एनआईसी एशिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय, विराटनगर ३ मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतमा बोलपत्र आवेदन पेश गर्ने पर्नेछ। लगानीकर्ताले जेठ २७ गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: