एनआईसी एशिया लघुवित्तको सिईओमा चालिसे नियुक्त

2020-10-21
एनआईसी एशिया लघुवित्तको सिईओमा चालिसे नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत(सिईओ) नियुक्त गरेको छ। संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा लक्ष्मण चालिसेलाई नियुक्त गरेको हो।  

नवनियुक्त चालिसे कास्की जिल्ला पोखरा नगरपालिका वडा न.८ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला किर्तिपुर २ ट्याङलाफाँट बसोबास गर्ने गरेको संस्थाले जनाएको छ। संस्थाको सिईओ पदमा यसअघि लक्ष्मी प्रसाद शर्मा कार्यरत थिए । 

 

 


Share this with your friends: