एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

2021-06-29
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ। 

बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५५ हजार ०७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 
सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.७३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५०० कित्ता र अधितममा सम्पूर्णका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा असार २१ गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: