एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मिति कहिले ?

2020-11-12
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकले आउँदो मंसिर २१ गतेका लागि २३ औँ वार्षिक साधारण सभा डाकेको हो। 
बैंकको कात्तिक २६ गते बिहान बसेको संचालक समितिको ४६२ औं बैठकले तेइसौं वार्षिक साधारणसभा मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा आह्वान गर्ने निर्णय गरेको छ। 

साधारण सभाका लागि बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्। 

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। 

 


Share this with your friends: