एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

2021-08-20
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । 
बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थाको ८६ हजार ३३९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यो सेयर खरिलका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति वा संघ संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।   

सेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि बोलकबोल पेश गर्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिने सकिनेछ । लगानीकर्ताले भदौ १८ गतेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७६ रुपैयाँ तोकिएको छ ।


Share this with your friends: