एनआईसी एशिया बैंकद्वारा रु. १० लाखबराबरको घातक रोग बीमा रकम भुक्तानी

2022-02-21
एनआईसी एशिया बैंकद्वारा रु. १० लाखबराबरको घातक रोग बीमा रकम भुक्तानी

काठमाण्डौ। एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रु. १० लाखबराबरको घातक रोग बीमा रकम एकजना खातावालालाई भुक्तानी गरेको छ। जसअनुसार बैंकको काठमाण्डौस्थित बत्तीसपुतली शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गतको ‘डायमन्ड श्रेणी’को खाता खोलेका काठमाण्डौ भीमसेनगोलानिवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमाबापत रु। १० लाख बीमा रकम भुक्तानी गरिएको हो।

पन्तलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्। पन्तलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ। 

एनआईसी एशिया बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जनाभन्दा बढी ग्राहकले बीमाबापत रु. ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन्। 

बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत ५ वर्षका लागि खातावाला एवं निजले मनोनित गरेका ३ अन्य व्यक्तिको प्रतिव्यक्ति रु। २१ लाखसम्मको गरी कुल रु। ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरेको छ। साथै, यस निक्षेप योजनाअनुसार ग्राहकले प्राप्त गर्ने ३ बीमासम्बन्धी फाइदा, ३ कर्जासम्बन्धी फाइदालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटीएमलगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक ५ वर्षका लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ।


Share this with your friends: