एनआरएन लघुवित्तले एफपिओ निष्कासन गर्ने, प्रति कित्ता मूल्य कति ?

2020-09-09
एनआरएन लघुवित्तले एफपिओ निष्कासन गर्ने, प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ। एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ। 
 
संस्थाका सीईओ इन्द्रकुमार शाहले केहि समय पश्चात आयोजना हुन गइरहेको संस्थाको वार्षिक साधारण सभाबाट पारित गराएर एफपीओ निष्कासन गरिने बताए। उनले गत भदौ २० गते तय गरिएको वार्षिक साधारणसभा, कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण आयोजना गर्न नसकिएको बताए। 
 
हकप्रद सेयर र ९एफपीओ० जारी गरी चुक्ता सेयर पुँजी रु। १ अर्ब पुर्याउने संस्थाको योजना रहेको छ। प्रतिकित्ता रु। ४०० भन्दामाथि नै एफपीओ निष्कासन गरिने तयारी भइरहेको पनि शाहले बताए। ‘अब नेपाल धितोपत्र बोर्डले कति रेट तोकिदिने हो, त्यो पछि थाहा हुन्छ’, उनले भने। धितोपत्र बजारमा आज कारोबार समयमा यो लघुवित्तको सेयर प्रतिकित्ता ७८० रुपैयाँमा कारोबार भइरहेको छ।
 
धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले संशोधित नयाँ नियमानुसार कम्पनीको अधिकतम प्रतिसेयर नेटवर्थसम्म एफपीओको निष्कासन हुन सक्ने बताए।
 
गत आइतबारदेखि एनआरएन लघुवित्त वित्तीयको दोस्रो बजारमा कारोबार सुरु भइसकेको छ। नेप्सेमा यसअघि नै सूचीकृत भइसकेको किसान माइक्रोफाइनान्स र हालसम्म नेप्सेमा सूचीकृत नभएका एनआरएन लघुवित्त र दिव्य लघुवित्तबीच मर्ज भई एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट दोस्रो बजारमा सेयर कारोबार भएको हो।
 
नेप्सेले एनआरएन लघुवित्तलाई एनएलबीएसएल संकेत प्रदान गरेको छ।
२०७५ सालमा स्थापना भएको धनगढी कैलालीमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तले गत वर्ष भदौमा पनि रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तलाई गाभेको थियो।
 
सीईओ शाहका अनुसार एनआरएनको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ५२ करोड ८८ लाख ४७ हजार र चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ। हाल ४३ जिल्लामा १४२ शाखा रहेको यो संस्थामा कर्मचारी संख्या ५०० रहेको छ।
 
कुल लगानी ४ अर्ब १० करोड, बचत ८७ करोड ६० लाख रुपैयाँ गरेको संस्थाको सदस्य संख्या १ लाख ४४ हजार र ऋणी सदस्य संख्या ५० हजार ९९७ पुगेको छ।
 
आगामी १ वर्षभित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गरी ७७ वटै जिल्लामा कारोबार विस्तार गर्ने संस्थाको योजना रहेको छ।

Share this with your friends: