एनआरएन लघुवित्तको स्थगित विशेष साधारणसभा पुनः तय, एफपीओ जारी मुख्य अजेन्डा

2020-09-22
एनआरएन लघुवित्तको स्थगित विशेष साधारणसभा पुनः तय, एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ। 

स्थाको गत असोज ४ गते बसेको सन्चालक समितिको ५२ औँ बैठकको निर्णयअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारण सभा असोज १८ गते आइतबारका दिन हुने भएको हो। 

उक्त सभा धनगढीस्थित दिनेश होटलमा आयोजना हुनेछ। 

सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना परिवर्तन गर्ने मुख्य अजेन्डाहरुले प्रवेश पाउनेछन्।

सभामा संस्थाले पुनःसर्वसाधारणका लागि एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ। 

यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभामा अनुमोदन हुनेछ। 

सभाले संस्थामा गाभिएका साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिव्य लघुवित्त वित्तीय संस्थासँगको मर्जर अनुमोदन गर्नेछ। मर्जरपछि कायम रहने एनआरएन लघुवित्तको आगामी चारवर्षे कार्यकालका लागि चारजना संस्थापक र दुईजना सर्वसाधारणका तर्फबाट गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने निर्णय पनि सभाले पारित गर्नेछ। 

 


Share this with your friends: