एनएमबि बैंक र रेमिट हाइड्रोबीच परियोजनामा लगानी गर्ने समझदारी

2022-02-16
एनएमबि बैंक र रेमिट हाइड्रोबीच परियोजनामा लगानी गर्ने समझदारी

काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो। रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा रेमिट्यान्सकर्ताहरु लगानी रहनेछ। 

एनएमबि बैंकले समझदारीपत्रमा हस्ताक्षरपश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सहवित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ। घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत रु. १८ अर्ब २५ करोड रहने जानकारी गराइएको छ। एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।  

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ। 

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाबाट चारपटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि  प्राप्त गरिसकेको छ। 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: