एनएमबि बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

2022-02-20
एनएमबि बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

काठमाण्डौ । एनएमबि बैंकले विराटनगर वडा नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने बैंकका ग्राहक तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। 

उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ। उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने छ। 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।   


Share this with your friends: