एनएमबि बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

2022-03-25
एनएमबि बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

गैँडाकोट । एनएमबि बैंक गैँडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकको सहभागितामा गैँडाकोट–४ दर्शनचोकमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ।

कञ्चन आमा समूहको प्राँगणमा आयोजना गरिएको कार्यक्रममा एनएमबि बैंक गैँडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए। आमा समूहका तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले आउँदा दिनहरुमा पनि यस्ता वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरी समूहलाई अझ सशक्त बनाइदिनेछ भन्ने विश्वास व्यक्त गरिन्। 

बैंकले सर्वसाधारणलाई बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस एनएमबि बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: