एनएमबी लघुवित्तद्वारा लाभांस प्रस्ताव

2020-11-25
एनएमबी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो । 

बैठकले हाल कायम रहेको चुक्ता पूँजि ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९ करोड ७ लाख २३ हजार ५०० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने ४५ लाख ३६ हजार १७५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने छ ।  

 


Share this with your friends: