एनएमबी बैंकले ऋणपत्र निष्कासनको माग गर्दै बोर्डमा दियो आवेदन

2020-12-11
एनएमबी बैंकले ऋणपत्र निष्कासनको माग गर्दै बोर्डमा दियो आवेदन

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ। बैंकले २ अर्ब रुपैयाँबराबरको ‘एनएमबी ऋणपत्र ८५–२०८४र८५’ नामक ऋणपत्रको निष्कासन अनुमति माग गर्दै मंसिर २३ गते बोर्डमा आवेदन दिएको हो। 

बैंकले बोर्ड सामु १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने अनुमति मागेको हो। निष्कासन हुने कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। यो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले ८ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् र ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ। 

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: