एनएलजी इन्स्योरेन्सले लघुबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

2022-03-16
एनएलजी इन्स्योरेन्सले लघुबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघुबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत ४ गतेदेखि लघुबीमा अभिकर्ताको २ दिने आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । 

उक्त तालिम काठमाण्डौ लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्तिले न्यूनतम एलएलसी÷एसईई गरेको शैक्षिक योग्यताको प्रमाणपत्र तथा नागरिकताको प्रतिलिपी पार्टपोट साइजको फोटो ४ प्रति,स्थाई लेखा नम्बर र मोबाइल नम्बरसहित कम्पनीको केन्द्रिय कार्यालय वा नजिको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । 

इच्छुक सहभागीहरुले चैत ३ गतेभित्र सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । 


Share this with your friends: