एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

2020-10-22
एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वाािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा आउँदो मंसिर ५ गते निर्णय गरेको हो। 

कम्पनीको उक्त सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिने बैठकले निर्णय गरेको छ। 

सभाले आर्थिक वर्ष २०७५ र ७६ को सञ्चित मुनाफाबाट कम्पनीले वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश पारित गरिनेछ। कम्पनीले चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 

 


Share this with your friends: