एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

2020-11-10
एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीको आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको हो। 

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता ६६५.४२ रुपैयाँ कायम गरिएको छ। यो कम्पनीको यसअघिको अन्तिम कारोबारमा प्रतिकित्ता ७१२ रुपैयाँ कायम भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७५ र ७६ का लागि ७ प्रतिशत बोनस सेयरसहित कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ०.३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ।

कम्पनीद्वारा प्रस्तावित लाभांश आउँदो मंसिर ५ गते काठमाण्डौको पानीपोखरीस्थित कमपनीको रजिस्टर्ड कार्यालयमा हुने १४ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। 

कम्पनीले आज (कात्तिक २५ गते) बुक क्लोज गरेको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउने छ। 

 


Share this with your friends: