एनसीसी बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2020-12-31
एनसीसी बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले बै.कको २३ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ ९ गते शुक्रबार काठमाण्डौ बागबजार स्थित बैंकको केन्द्रिय कार्यालयमा अनलाइन भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 
उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस सेयर र ०.५४०५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १०.८१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बैंकको अधिकृत पूँजी १० अर्ब ५० करोड रुपैयाँ, चुक्तापूँजी र जारी सेयर पूँजी वृद्धि गरी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ पुर्याउनु पर्ने भएकाले सोहि बमोजिम बैंकको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा यस सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको २३ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुबाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य ठहरिनेछन्। 

 


Share this with your friends: