एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटेलमा १०% छुट

2022-02-25
एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटेलमा १०% छुट

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा काठमाण्डौमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। 

यस सम्झौतामार्पmत बैंकका ग्राहकले काठमाण्डौस्थित सोल्टी होटेल र नेपालगन्जस्थित सोल्टी वेस्टन्ड प्रिमियरमा बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा फुन्ड एन्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ। यसका साथै सोल्टी इन्टरप्राइजेजअन्तर्गत सञ्चालनमा रहेका अन्य होटेलहरुमा समेत यो छुट प्राप्त हुनेछ।

यस सम्झौताअन्तर्गत बैंक र सोल्टी इन्टरप्राइजेजबीच प्रबर्द्धनात्मक कार्यक्रमहरुसमेत सञ्चालन गर्ने सहमति भएको छ।

एनसीसी बैंकले ७ वटै प्रदेशमा १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। 


Share this with your friends: