एनसीसी बैंकका ग्राहक र कर्मचारीलाई नारायणी सामुदायिक अस्पतालमा छुट

2022-03-06
एनसीसी बैंकका ग्राहक र कर्मचारीलाई नारायणी सामुदायिक अस्पतालमा छुट

काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल क्रेडिट एन्ड कमर्स बैंक ९एनसीसी बैंक० ले ग्राहकमाझ विभिन्न प्रकारका सेवासुविधा प्रदान गर्दै आएको छ। 

यसै क्रममा चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकका भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवासुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो। सम्झौतामार्पmत बैंकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई भरतपुरस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु ९औषधि,  सीटी स्क्यान र प्रत्यारोपण बिक्रीबाहेक० मा १० प्रतिशत छुट प्राप्त हुनेछ। 

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्सटेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकमाझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ। 


Share this with your friends: