एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

2022-05-09
एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

चौतारा सागाचोकगढी–७ सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बैंकका चौतार शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नुपर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुतिमार्फत प्रस्ट पारेका थिए।

दोस्रो सत्रमा सोही बैंकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैंकको इतिहास बताउँदै वित्तीय साक्षरमातर्फ अग्रसर बन्नुपर्नेमा जोड दिए। उनले बैंकले दिइरहेको सेवासुविधासम्बन्धी जानकारी गराए। 

कार्यक्रममा १०० जनाभन्दा बढीको उपस्थिति थियो। जसमा महिलाको उल्लेख्य सहभागिता थियो। सहभागीले वित्तीय साक्षरतासम्बन्धी बचत, ऋण, बीमा, सेयरलगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुसी व्यक्त गरेका थिए। 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्सटेन्सन काउन्टर र ११४ एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।  


Share this with your friends: