एनसीसी बैंकले चैत १३ देखि ऋणपत्र निष्कासन गर्ने

2021-03-18
एनसीसी बैंकले चैत १३ देखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)ले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले आउँदो चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो।

यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

ऋणपत्रका कुल युनिटमध्ये १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि निष्कासन गरिएको हो। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल युनिटमध्ये पनि ५ प्रतिशत अर्थात ६० हजार युनिट सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ११ लाख ४० हजार युनिटका लागि खरिद आवेदन दिन सक्नेछन्।ऋणपत्र निष्कान बन्द छिटोमा चैत १८ गते र ढिलोमा चैत २७ गते बैंकिङ समयपछि हुनेछ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

दशवर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ९.५०% का दरले ब्याज भुक्तानी गर्नेछ।

 


Share this with your friends: