एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

2020-08-10
एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ ।

दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष  राजीव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखे ।

कम्पनीको २५ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गर्यो । सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ । 


Share this with your friends: