एभरेष्ट बैंकद्वारा लाभांस प्रस्ताव

2020-11-05
एभरेष्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। 

सञ्चालक समितिको उक्त बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बैठकले बोनस सेयरमा लागि करसहित ५।५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८।०३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पाति गर्ने बैंकले जनाएको छ।  

 


Share this with your friends: