एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-04-08
एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वाार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी वैशाख २१ गते बुधबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजन गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि कम्पनीद्वारा प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांस गरी कुल ६.३१५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको अधिकृती पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै निर्जीवन बीमा व्यवसाय गर्ते उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सञ्चाल समितिलाई दिइएको अधिकारलाई निरन्तरता दिने प्रस्ताव पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १२ गते एक दिनका लाुगि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ वैशाख १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुने योग्य हुनेछन्।


Share this with your friends: