काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार २ गते बिहिबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको हिमालयन इन्स्योरेन्ससँग गाभिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै मर्जरपश्चात बन्ने निर्जीवन बीमा कम्पनीको नाम ’हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’कायम गरी सोबाट व्यवसाय सञ्चालन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।