एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2022-01-30
एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी नेपाल)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी फागुन १६ गते बुधबारका दिन नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त बैठकमा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । त्यस्तै संस्थापक सेयरधनीहरुको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्ने र सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को चौथो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी माघ २४ गते फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: