एलआईसी नेपालद्वारा ९.५८ अर्ब बीमाशुल्क आर्जन,नाफा ३३.५१ प्रतिशतले घट्यो

2022-02-11
एलआईसी नेपालद्वारा ९.५८ अर्ब बीमाशुल्क आर्जन,नाफा ३३.५१ प्रतिशतले घट्यो

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५८ करोड ६ लाख ४१ हजार ६०३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ०.१६ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार ७३४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३ अर्ब ४ करोड ८५ लाख २१ हजार ३६० रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २ अर्ब ६२ करोड ५० लाख २४ हजार ५०० रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५ अर्ब २६ करोड ८३ लाख ९७ हजार ६४० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४ अर्ब ५२ करोड ४३ लाख १ हजार ७५४ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीले ७ करोड ६९ लाख १ हजार ३८६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३३.५१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड ५६ लाख ६४ हजार ९६० रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च घटेको छ।

कम्पनीको व्यवस्थापन खर्च ३३ करोड ४ लाख ११ हजार ७०० रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ३८ करोड ५७ लाख ८० हजार ६०१ रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ८३ अर्ब ५९ करोड ११ लाख १३ हजार २१५ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा १६.४९ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ७४ अर्ब २४ करोड ४९ लाख ८ हजार ८१४ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ६३ करोड ४० लाख २९३ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब २३ करोड ५० लाख ४० हजार ८५७ रुपैयाँ भएको छ। 
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३.४८ रुपैयाँ, पीई अनुपात ६२२.४३ गुणा, प्रतिसेयर नेटवर्थ १७१.३२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६२.७१ रुपैयाँ रहेको छ । 


Share this with your friends: