एलआईसी नेपालले प्रदान गर्यो एक करोड बढी दाबी भुक्तानी

2020-10-12
एलआईसी नेपालले प्रदान गर्यो एक करोड बढी दाबी भुक्तानी

काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालले कोरोनाबाट मृत्यु भएका नवलपरासीका एक बीमितको परिवारलाई एक करोड बढी दाबी भुक्तानी गरेको छ। 

एलआईसीले कोरोनाबाट मृत्यु भएका बीमित सुवासचन्द्र गिरीकी श्रीमती अनितादेवी गिरीलाई एक करोड २६ लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। कम्पनीको नवलपरासी शाखाले एक कार्यक्रमको आयोजना गरी मृतक गिरीको परिवारलाई दाबी भुक्तानी गरेको हो। 

गिरीका परिवार बोनस सहित कूल एक करोड २६ लाख ९५ हजार रुपैयाँ नवलपरासी शाखा प्रबन्धक बालकृष्ण चौधरीले हस्तान्तरण गरेका हुन् ।
मृतक गिरीले गत साउन ४ गते एलआईसीमा जीवन बीमा गराएका थिए। बीमा गराएको २६ दिनपछि अर्थात भदौ १ गते उनको कोरोनाका कारण मृत्यु भएको थियो। 

 


Share this with your friends: