काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ करोड ३५ लाख २५ हजार २४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.३९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४० करोड १७ लाख ६९ हजार ४४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९ करोड २८ लाख ५० हजार ८८७ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ७ करोड ५७ लाख २८ हजार ३०५ रुपैयाँ आर्जन गरेको थियो।
त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले १६ करोड ६४ लाख ७६ हजार ३८८ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोहि अवधिसम्म यो रकम २४ करोड ७८ लाख ५१ हजार ४०२ रुपैयाँ थियो।
दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २१ करोड ७१ लाख १५ हजार ६८४ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
अघिल्लो आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७१ लाख ५४ हजार ८१५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।