कन्चनलाई प्राप्ति गरेको एनएमबी बैंकले आजबाट एकीकृत कारोबार गर्दे

2020-08-23
कन्चनलाई प्राप्ति गरेको एनएमबी बैंकले आजबाट एकीकृत कारोबार गर्दे

काठमाण्डौ । कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको एनएमबी बैंकले आजबाट एकिकृत कारोबारको सुरुवात गर्देछ। एकीकृत वित्तिय कारोबारको थालनीसंगै बैंकको सबै प्रादेशिक संरचनामा सन्तुलित सन्जालको विस्तार भई बैंकको ब्रान्ड बलियो बन्ने बैंकले विश्वास लिएको छ। 

कन्चन डेभलेपमेन्टलाई प्राप्ति गरेपछि एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै जगेडा कोषको आकार बढेर ७ अर्ब ३५ करोड रुपैयाँको उचाईमा पुगेको छ। 

प्राप्तिपश्चात बैंकको नाम ‘एनएमबी बैंक लिमिटेड’ नै रहनेछ भने रजिष्ट्रर्डरमुख्य कार्यालय साविककै काठमाण्डौको बबरमहलमा रहनेछ। 
एनएमबी बैंकले कन्चन डेभलेपमेन्ट बैंकलाई १००.८५ को सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। 

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ।

एनएमबी बैंक, बैंक अफ द इयर २०१७ र २०१८ बाट सम्मानित बैंक हो। 

 


Share this with your friends: