कामना सेवा विकास बैंकद्वारा थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

2022-02-28
कामना सेवा विकास बैंकद्वारा थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल नपा वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।  

देवदह नपामा देवदह मोबाइल एन्ड कम्प्युटर (प्रो. घनश्याम केसी), सितगंगा नपामा  सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल नपामा इशानेश्वर इलेक्टोनिक्स (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। देवदह रुपन्देहीमा बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र देवदह नप। वडा नंं ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखाँची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा नपा वडा नंं। २ का वडा अध्यक्ष्य गोवर्द्धन थापाले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। 

कार्यक्रममा बैंकका संस्थापक, बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो। 

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ। 


Share this with your friends: