किसान लघुवित्तद्वारा एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

2021-04-01
किसान लघुवित्तद्वारा एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सार्वजनिक निष्कासन(एफपीओ)का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। संस्थाले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई नियुक्त गरेको हो। 

एफपीओ सम्बन्धी सम्झौतामा किसान लघुवित्त र क्यापिटल दुवैले गत चैत १६ गत हस्ताक्षर गरेका हन्। यससँगै अब मुक्तीनाथ क्यापिटलले किसान लघुवित्तको १२ लाख ९८ हजार २५९.४९ कित्ता साधारण सेयर अंकित मूल्य रु.१०० मा नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गर्ने प्रिमियम मूल्य थप गरी सर्वसाधारणमा निष्कासन गर्नेछ। 

किसान लघुवित्तको अधिकृत पुँजी १ अर्ब रुपैयाँ, जारी पुँजी ५२ करोड २६ लाख रुपैयाँ र चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ भने एफपीओमार्फत सेयर जारी गरेपश्चातसंस्थाको चुक्तापुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ। 


Share this with your friends: