कुमारी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-11-29
कुमारी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर १४ गते) अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको कुल १४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

बैंकले यसअघि आर्थिक वर्ष २०७६/७७ का लागि १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ। 
बैंकले लाभांस तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर १५ गते) एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन्। 

बैंकद्वारा प्रस्तावित लाभांस यही मंसिर २९ गते आयोजना हुने २० औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११।३० बजे आयोजना हुनेछ। 

 


Share this with your friends: