कृषि विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

2020-12-23
कृषि विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले चौधौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनुका साथै अविमोच्य असंचित अग्राधिकार सेयरधनीलाई चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव समेत पारित गरिनेछ। 

यस्तै बोनस सेयर वितरण पश्चात हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनेछ। सभामा आ.व २०७७/७८ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आउँदो पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: