कृषि विकास बैंकले ऋणपत्र निष्कासनका लागि बोर्डबाट पायो अनुमति

2021-06-25
कृषि विकास बैंकले ऋणपत्र निष्कासनका लागि बोर्डबाट पायो अनुमति

काठमाण्डौ । कुषि विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत असार १० गते  ‘४ प्रतिशत एग्रिकल्चर बोन्ड ८ र ९ वर्षे’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ करोड कित्ताले हुन आउने १२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ। 

८ र ९ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ४ प्रतिशत हुनेछ। 


Share this with your friends: