कोरोना बीमा नगरेका पर्यटकले नेपालमा पर्वतारोहण गर्न नपाउने

2020-09-30
कोरोना बीमा नगरेका पर्यटकले नेपालमा पर्वतारोहण गर्न नपाउने

काठमाण्डौ । पर्वतारोहणका लागि नेपाल आउने सबै पर्यटकहरुले अब अनिवार्य रुपमा कोरोना बीमा गर्नुपर्ने भएको छ। नेपाल सरकारले पर्वतारोहण गर्न नेपाल आउने सबै विदेशी पर्यटकहरुको अनिवार्य बीमा गरेको हुनुपर्ने  जनाएको हो ।

नेपाल सरकारले कोरोना महामारीका बन्द रहेको पर्वतारोहण सम्बन्धि गतिविधिहरु पुन सुचारु गर्न लागेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशिका अनुसार पर्वतारोहण गर्न आउने प्रत्येक विदेशी पर्यटकहरुले आफुसँग ५ हजार अमेरिकी डलर बराबरको बीमा भएको कागजात पेश गर्नुपर्ने जनाएको छ। यसका साथै मन्त्रालयले नेपालमा पद यात्रा वा पर्वतारोहि दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तिमा एक लाख(८५० डलर) को कोरोना बीमा गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालयद्वारा स्विकृत स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ। 

भाइरसको फैलावट रोक्नका लागि पर्वतारोहण दलका प्रत्येक सदस्यले ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्नेछ। अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ । कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने छ ।

यसैगरी नेपाल आउने सबै पर्यटकहरुले अनिवार्य रुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान गरिएको छ। क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने गरी प्रावधान गरिएको छ।       

 


Share this with your friends: