कोरोना बीमा मापदण्डविरुद्ध परेको रिटमा तेस्रोपटक सुनुवाइ भएन

2020-10-13
कोरोना बीमा मापदण्डविरुद्ध परेको रिटमा तेस्रोपटक सुनुवाइ भएन

काठमाण्डौ । बीमा समितिद्वारा जारी विवादास्पद कोरोना बीमा मापदण्ड खारेजको माग गर्दै सर्वाेच्च अदालतमा दायर रिटमा तेस्रो पटक सुनुवाई भएन। कोरोना बीमा मापदण्डबारे परेको रिटमा तेस्रो पटक हिजो अर्थात असोज २६ गते सर्वाेच्च अदालतमा सुनुवाइ हुने भनिएको थियो। 

कोरोना बीमा मापदण्ड २०७७ मा कोरोना बीमा पोलिसीले सरकारले लिने दायित्व बीमा ऐन विपरित र नेपालको प्रचलित कानुनसँग बाझिएको भन्दै अधिवक्ताद्वय भाइराजा राई र दावा तामाङले भदौ २८ गते अदालतमा मुद्धा दर्ता गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बीमा समिति र अर्थमन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिश हरि प्रसाद फुँयालको एकल इजलासले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । त्यस अनुसार बीमा समिति असोज ८ गते लिखित जवाफ सहित अदालन पुगेको थियो । कोरोना बीमाको दायित्व नेपाल सरकारले लिने व्यवस्था बीमा ऐन विपरित र नेपालको प्रचलित कानुनसँग बाझिएको भन्दै त्यसलाई बदर गर्न रिट दायर गरिएको थियो । 

 


Share this with your friends: