कोरोना उपचार तथा कोरोना दाबी भुक्तानीको जिम्मेवारी सरकारले नलिने

2020-10-14
कोरोना उपचार तथा कोरोना दाबी भुक्तानीको जिम्मेवारी सरकारले नलिने

काठमाण्डौ । कोरोना बीमा गरेका बीमितले पाउने रकममा सरकारले कटौति गरेको छ। नियमित कोरोना अपडेटका क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना उपचार तथा परिक्षण निःशुल्क गरिएका गरिएका समूहका व्यक्तिहरुले कोरोना बीमा गरेको भए, सो बापतको खर्च बीमा कम्पनीबाट असुल गर्ने निर्णय गरेको बताएका हुन्। 

प्रवक्ता गौतमले नेपाल सरकारको मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकको निर्णयका आधारमा यस्तो निर्णय गरिएको बताएका छन्। उक्त निर्णय बमोजिम आर्थिक रुपमा असहाय, विपन्न, अपांगता भएका व्यक्तिहरु, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारीको सरकारले निःशुल्क रुपमा कोरोना भाइरसबाट हुने रोगको उपचार गर्ने र त्यस्तो समुहका व्यक्तिले कोरोना बीमा गरेको भए, बीमा बापत प्राप्त हुने दावी भुक्तानी उपचार तथा परिक्षण रकम बराबर सरकारले लिने छ। 

यसका साथै सरकारले उपचार खर्च व्यहोर्ने बाहेकका समुहका उपचार खर्च बाहेकको रकम भने सम्बन्धीत बिरामीले नै पाउने गौतमले स्पष्ट पारेका छन्। 

 


Share this with your friends: