गरिमा विकास बैंकद्वारा लाभांस प्रस्ताव

2022-01-06
गरिमा विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरमका हाल कायम चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १५.०८ रुपैयाँको १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँबराबरको बोनस सेयर रहेको छ । 
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: