काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६ सय को ५.५००४१७४ प्रतिशत बोनस सेयर र ०.२८९४६५६६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि)गरी कुल ५.७८९८८३०६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीद्वारा प्रस्तावित लाभांसमा ५.५००४१७४ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर र ०.२८९४६५६६ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।
यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।