ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांस प्रस्ताव

2020-12-14
ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशत नगद लाभांस गरी कुल २८.९२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा आ.व २०७६/७७ असार मसान्तसम्मको वितरणयोग्य मुनाफाबाट कुल चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँको २७.४७ प्रतिशतले हुन आउने ७ करोड १३ लाख ९ हजार १०८ रुपैयाँ बराबरको बोनस सेयर र १.४५ प्रतिशतले हुन आउने ३७ लाख ५३ हजार १११ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनार्थ) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: